माधवकुमार नेपालले तत्काल एमालेसँग एकता नगर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले तत्काल एमालेसँग एकता नगर्ने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा नेकपा कोशी कमिटिद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले त्यस्तो अभिव्यक्ति दिनुभएको हो ।
आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण् सकारात्मक रहेको भन्दै उहाँले समाजवादी मोर्चाको पुर्नगठन गरेर अघि बढ्ने सोच आफुहरुको रहेको र सोही अनुसार अघि बढिरहेको दाबी गर्नुभयो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टी प्रति सकारात्मक हुन आग्रह पनि
गर्नुभयो । उहाँले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताउनुभयो ।
यता एमाले अध्यक्ष केपी शर्मा ओली भने माधव कुमार नेपाललाइ लक्षित गर्दै पार्टी भित्रकै मान्छेले कुरा नबुझेर तत्कालिन सरकारलाई दक्षिणपन्थीको पाउमा बुझाउने काम भएकोप्रति दुःख व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै भन्नुभयो– ‘पार्टी भित्रैबाट आफ्नो नेतृत्वको सरकार ढालेर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाएको हो ।’ आफुले तत्कालिन अवस्थामा प्रतिनिधिसभा विघटन नगरेको भए अहिलेको एमाले भन्न नपाउने स्थिति भएको दाबी गर्नुभयो । उहाँले थप्नुभयो ‘दक्षिणपन्थी शक्तिको पाउमा सरकार बुझाए जस्तै गरी एमालेलाई बुझाई सकेको अवस्था हुने थियो । तत्कालिन अवस्थामा पार्टी बचाउन प्रतिनिधि सभा भंग गरे ।’ सरकारको नेतृत्व लिएर राम्रो काम गरे पनि तत्कालिन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीको पाउमा बुझाउने काम भयो ।

LEAVE A REPLY