काठमाडौं । यो वर्षको मनसुन प्रणाली नेपाल प्रवेश गरेको पाँच दिन भइसकेको छमौसमविद्हरुले गतवर्षहरुमा भन्दा यो वर्ष बढी पानी पर्ने बताएका थिए तर चौपट्टै गर्मि र खडेरी भईरहेको छ नेपालको पूर्वीपहाडमा वर्षा र बाढीपहिरो जाने क्रम जारी छ तर नेपालको पश्चिमी क्षेत्र र मध्य तराई क्षेत्रमा पानी पर्न सकेको छैन । यो अवस्थाले मौसम विद्हरुको घोषणा लाई झुठो सावित गर्ला भन्ने डर भैसक्यो ।
मनसुन प्रणाली विस्तारै फैलिइरहेको छ । तर, अपेक्षा गरिएजसरी नफैलिएको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए । देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने देखिएको उनले जानकारी दिए ।
गत वर्ष पनि देशभर ढिलो मनसुन फैलिएको उनले उल्लेख गरे । मनसुनी हावाको तौरतरिका नै परिवर्तन भइरहेको उनले बताए । “पहिलापहिलाको तुलनामा मनसुन ढिलो फैलिने, रोकिने भइरहेको छ,” उनले भने ।
अहिले भित्रिएको मनसुन प्रणाली कमजोर रहेको मौसमविद् अर्यालले जानकारी दिए । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा बादलकमजोर रहेको उनले बताए ।