प्रस्तुत बजेट प्रति असन्तुष्टी समाधान गर्न दाहाल– ओली विच भेटवार्ता

काठमाण्डौं । सरकारले ल्याएकोबजेट प्रति सत्तारुढ दलका सांसदहरुले नै असन्तुष्टि व्यक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।हिजो आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष ओली सिंहदरबार पुगेकाथिए ।
आइतबार मात्रै सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१, ८२ को बजेट सार्वजनिक गरेका छन्। तर, प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्ता गठबन्धनकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । यता केन्द्र सरकारले ल्याएको बजेटमाथि पनि सत्ता गठबन्धनका दलहरुले असन्तुष्टि जनाइरहेका छन् ।
ओली – दाहाल बीच असन्तुष्टिबारे छलफल भएको जनाइएको छ ।

LEAVE A REPLY