मेलवर्नका लागि उडेको विमान सकुशल अवतरण्

वेलिङ्गटन। अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा सकुशल अवतरण गराइएको छ । विमानको इन्जिनमा आगलागीपछि इन्जिन बन्द हुँदा विमानलाई एक्कासि अवतरण गराउनुपरेको हो ।
क्विन्सटाउनबाट उडेको करिब ५० मिनेटपछि भर्जिन अस्ट्रेलिया बोइङ ७३७–८०० जेट विमान न्युजिल्याण्डको इन्भरकार्गिल सहरमा अवतरण गरिएको हो ।
क्विन्सटाउन विमानस्थलकी प्रवक्ता क्याथरीन निन्डका अनुसार विमानमा सवार यात्रुको सङ्ख्या र इन्जिनमा आगलागी हुनुको कारण तत्काल थाहा हुन सकेको छैन ।
भर्जिन अस्ट्रेलियाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो घटना विमानमा ‘चरा ठोक्किएपछि’ भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ
न्युजिल्यान्डको उड्डयन नियामक निकायले आफ्नो वेबसाइटमा भनेको छ, “न्युजिल्यान्डका विमानस्थलमा प्रति १० हजार चार चरा ठोक्किने अध्ययनले देखाएको छ ।”
घटना घट्नुको कारण विमानमा चराठोकिनु भएको बताईएको छ ।

LEAVE A REPLY