पधान मन्त्रि प्रचण्डचौथो पटक मन्त्रिपरिषद विस्तार गर्दै

काठमाडौं । सरकार परिवर्तनगर्ने बानी परेका प्रधानमन्त्रि प्रचण्डले आन्तरिक रुपमा पुनः चौथो पटक मन्त्रीपरिषद विस्तार गर्ने तयारी थालेका छन् । तर राजनीति कदल र जनतालाई दोधारमा पार्नका लागि प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान चितवन मा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पोखेको असन्तुष्टि वास्तविक नभएको बताउँदै सत्ता समीकरणमा कुनै समस्या नरहेको बताए ।
तर वास्तविक कुरा यो होइन् । अहिले सरकारले पुनः मन्त्रिपरिषद विस्तार गर्ने तयारी थालीसकेकाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलाई सरकारमा आउन प्रस्ताव गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा ओलीले जनमत अध्यक्ष राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका हुन् ।
मधेशमा जनमतको नेतृत्वमा सरकार बनेपछि जनमत र नाउपालाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको गृहकार्य चलिरहेको बेलामा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमार्फत् राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी थालेको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने वचन दिएकाले माओवादीबाट मन्त्री बनेका हितबहादुर तामाङलाई फिर्ता बोलाउने प्रधानमन्त्ती प्रचण्डको तयारी छ । एमालेले पनि एक मन्त्री फिर्ता बोलाउनुका साथै मन्त्रालयको साटफेर गर्ने विषयमा सकरात्मक भएको छ । तर कसलाई फिर्ता बोलाएर कसलाई नियुक्ती गर्ने भन्ने विषयमा ठोस निर्णय भने भइसकेको छैन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीका साथ सत्तामा छलफललाई आन्तरिक रुपमा तिव्र गतिमा अगाडी बढाएपनि बजेट पारित हुनुअघि आफूहरु सरकारमा सहभागी नहुने जनमतका अध्यक्ष राउतले जनाएका छन् । बजेट पारित भएपछि मात्र ठोस निर्णय लिने राउतको भनाइ छ ।
अध्यक्ष राउतले मन्त्रालयका बारेमा पार्टीभित्र छलफल अघि नबढाएको बताएका छन् । आफुलाई उपप्रधानमन्त्रीको जिम्मेवारी चाहिन्छ भन्ने चर्चा बजारमा आएको तर आफूले अहिलेसम्म खासै चासो नदेखाएको उनले बताए । गृहमन्त्री लामिछानेमार्फत् आफूलाई ओलीले परराष्ट्र मन्त्रालय लिन प्रस्ताव गरेको बताउँदै अध्यक्ष राउतले सिधा कुरा नभइसकेको उल्लेख गरे । अहिले परराष्ट्रमन्त्री माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । माओवादीभित्र अर्थमन्त्रीबाहेक सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिन दबाब बढिरहेको बुझिएको छ । प्रधानमन्त्रीले सरकारमा सामेल गराउन खोजेपनि आफु पार्टी निर्माणका क्रममा भएकाले सकेसम्म बाहिरै बस्न चाहेको उनको भनाइ छ ।

 

LEAVE A REPLY