असारको दोस्रो साता एसईईको नतिजा आउने

काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयले यस वर्षको९एसईई० माध्यमिक शिक्षा परिक्षा नतिजा यही असारको दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको जनाएको छ ।
परिक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परिक्षण र अंकभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्य योजना अनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा निकाल्न सकिने गरी र अन्य काम पनि तीव्र गतिमा भइरहेको बताए । उनले ५२ वटा परिक्षण केन्द्रमा उत्तर पुस्तिका परिक्षण गरिएको जानकारी पनि दिए । गत वर्ष असार २४ गते एसईईको नतिजा प्रकाशित भएको भए पनि यो वर्ष १४ दिन अगाडी नै नतिजा आउने नियन्त्रक पौडेलले बताए । उनले यस वर्ष सैद्धान्तिक तर्फ ७५ अंकको परिक्षामा ३५ प्रतिशत अर्थात २७ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने जनाए ।
परिक्षा २०८० चैत्र १५ देखि सुरु भएकोमा नियमित तर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परिक्षा दिएका थिए ।

LEAVE A REPLY