पूर्व डिएस्पी प्रहरीको फन्दामा

काठमाडौं । साठी किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर रकम ठगेको आरोपमा दुई जना प्रहरीको नियन्त्रणमा परेका छन् । अर्घाखाँचीका ६३ वर्षीय केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रूपन्देहीका ४३ वर्षीय झविन्द्र प्रहरीकोफन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसीआईबीको टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
अवैध सुन तस्करीको रकम भुक्तानी गरेको आरोपमा पक्राउ परेका पेवेल नेपाल प्रालिका कर्मचारीमाथिको अनुसन्धान प्रभावित पारिदिने आश्वासन दिएर उनीहरूले साढे आठ लाख रुपैयाँ लिएको खुलेको प्रहरीले निष्कर्ष निकालेको छ । पक्राउ परेकामध्ये शर्मा प्रहरीकै अवकाशप्राप्त डीएसपी हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले केही समयअघि गौशालामा जुत्ताको मालासमेत लगाएका थिए
अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

LEAVE A REPLY