बरिष्ठ गीतकारएवं टेक तामाङको ‘एउटा जून’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ हालै सार्वजनिक भएको छ । सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीले सङ्गीत संयोजन गरेका छन् ।
गीतमा प्रयोग भएका शब्दहरूले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएका छन् । प्रल्हाद तिमल्सिनाको स्वरबद्व गीतको भावमा आकाशको जूनसँगै आफ्नो प्रेमीलाई तुलना गरेका छन् । गीतमा भनिएको छ,‘फुलहरूको सुन्दर फूल, गुलाबसँग तुलना गर्दै प्रेमीलाई प्रसङ्ग गरिएको छ ।’
सुव्रत आचार्यद्वारा निर्देशित यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।

LEAVE A REPLY