आज दिउसो ३ वजे देउवा निवासमा बैठक बस्दै

 

 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक आज दिउसो ३ वजे का लागि बोलाएका छन् । बैठक बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी हरुलाई बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषय बस्तुबारे छलफल हुने उनले बताए । त्यस्तै, बैठकमा केन्द्रीय समिति बैठक, भातृ संगठनका पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ । ‘ भातृ संस्थाको म्याद पनि असार १५ गते नै सकिएको छ ।
यसैबीच सभापति देउवाले सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार दिउँसो झण्डै तीन घण्टा छलफल गरेका थिए । सो छलफल लगत्तै देउवाले आइतबार बैठक बोलाएका हुन्

LEAVE A REPLY