कांग्रेस र एमालेबीच आलोपालो सरकार चलाउने सहमति

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने र सो गठ्बन्धनले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । सहमती अनुसार तत्काल नेकपाएमालेले सरकाको नेतृतव गर्ने र दोस्रोकार्यकाल अर्थात चुनावीसरकारको नेतृतव नेपालीकाँगे्रसले गर्ने बुझीएको छ । सोमबार राति कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुले नयाँ गठबन्धन बनाउने सहमति गरेका हुन् । कांग्रेसका रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्की तथा एमालेबाट शंकर पोखरेल र रमेश बडालले आइतबार र सोमबार सहमतिको खाका तयार गरेका हुन् ।
सहमतिमा केन्द्रदेखि प्रदेशमा सरकारको मोडलको विषयमा पनि सहमति भएको छ । जस अनुसार एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृह मन्त्रालयसहित १० मन्त्रालय लिने भएको छ ।

त्यस्तै, एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । त्यस्तै मधेस प्रदेश सरकारको नेतृत्व भने मधेसवादी दललाई दिने सहमति भएको छ ।

त्यस्तै कांग्रेस( एमालेले निर्वाचन प्रणालीसहितका विषयमा संविधान संशोधन गर्ने विषयलाई आफ्नो गठबन्धनको प्रमुख एजेण्डा बनाएर जाने भएका छन् ।

 

LEAVE A REPLY