प्रभु बैँक र होटल हिमालयबीच विशेष छुट दिने सम्झौता

 

काठमाडौँ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकहरूलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालय सँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । एक भव्यसमारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार प्रभु बैँक लि।का कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो । कृष्ण मन्दिर,पाटन दरबार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्न यस सहरमा देश तथा विदेशबाट पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ ।

 

LEAVE A REPLY