सत्ता सहमति भएको जानकारी गराउन कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ
यही असार १७ गते नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो ।
आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन संघीय संसद्लाई जानकारी गराएका छन ।

 

LEAVE A REPLY