कृषि विकास बैंकले गर्यो राधाकृष्ण मन्दिरलाई कार्यालय सामाग्रीले सहयोग

काठमाडौं । कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिर नागार्जुनकाठमाडौंलाई रु.ं१ लाख बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो ।
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डां बाबुकाजी थापा थिए ।
कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।

LEAVE A REPLY