प्रधानमन्त्री प्रचण्डलाई इमान्दारीताका आधारमा पदबाट राजीनामा दिन एमाले सांसदहरुरको आग्रह

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकार चलाउनका लागि आवश्यक बहुमतको अभाव भएकाले इमानदारिताका आधारमा पदबाट राजीनामा दिन नेकपा एमाले सांसदहरूले आग्रह गरेका छन्
सोमबारको प्रतिनिधि सभाको सोमवारको बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमाले सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री अल्पमतमा परिसकेकाले सरकारमा बसिरहन उचित नहुने भन्दै इमानदारिताका आधारमा पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ ।

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनः स्थापनामा प्रभावकारी ढङ्गले काम अगाडी बढाउन नसकेको भन्दै समस्या समाधानका लागि योग्य सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिन एमालेले दबाब दिएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रहेको दोस्रो ठुलो दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेस र एमालेको सरकार गठनका लागि सहमति गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डसंसदको तेस्रो दल भएर पनि कहिले संसदकोपहिलोदल नेपाली कांग्रेसको त कहिले संससदको दोस्रोठूलो दल नेकपाएमालेको समर्थनमा पाँचै वर्ष प्रधानमन्त्रीको पद पड्काउने मौकामा थिए । तर प्रधानमन्त्ती प्रचण्डको राजनैतिक नैतिक संस्कार नभएको भन्दै एमालेले प्रधानमन्त्रीलाई ब्याक हुन बाध्य पारेपछि अहिले प्रधानमन्त्री प्रचण्ड
कुम्लो कुटुरो बोकेर असार २८ पछि निजी निवास फर्किने तयारीमा लागेका छन् ।

नेकपा एमालेले सक्षम सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले सांसद अच्युतप्रसाद मैनाली,सांसद किरणकुमार साह,सांसद वासुदेव घिमिरेले सरकारले विपद्को समयमा उद्धार, राहत र पुनः स्थापनाको काम सरकारले अगाडि बढाउन नसकेको बताउँदै तत्काल पदबाट प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे ।

LEAVE A REPLY