अबको सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्नेमा कुनै दुई मत छैन ः शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन् । संविधानको कुन धाराअनुसार सरकार बन्छ भन्ने अलमलमा नपर्न उनले आग्रह गरे ।
‘मिडियाहरूमा आइरहेको छ, संविधानको धारा ७६ को २ अनुसार सरकार हुन्छ कि ३ अनुसार भन्ने । म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु( यसमा अलमल हुने काम छैन, अब बन्ने सरकार ७६ ,२ कै सरकार हुन्छ । यहाँ धेरै मिडियाहरूले मजा लागेको वा के हो मैले बुझ्न सकेको छैन, तर अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारकै हुन्छ भन्ने कुरा तपाईँहरूको माझमा राख्न चाहन्छु,’ काठमाडौँको जोरपाटीमा मङ्गलवार भएको खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रममा कोइरालाले भने ।
संविधानको धारा ७६ को उपधारा २ मा दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने व्यवस्था छ भने उपधारा ३ मा संसद्को ठुलो दलको संसदीय दल नेताको नेतृत्वमा सरकार बन्ने व्यवस्था छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दल नेकपा माओवादी केन्द्रका सांसदहरूले ७६, २ अनुसार प्रधानमन्त्री नियुक्त भएका दाहालले सांसदबाट विश्वास मत प्राप्त गर्न नसके उपधारा ३ अनुसार सरकार गठन हुने दाबी गरिरहेका छन् । तर सर्वोच्च अदालतका नजिरले सम्भव भएसम्म उपधारा २ अनुसार सरकार बनाउन बाधा नपुग्ने भनिसकेको छ ।

LEAVE A REPLY