काठमाडौं । सरकारले तत्कालका लागि त्रृद्धभत्तालिन राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको छ ।तत्काल सबै वृद्ध वृद्धालाई एकैचोटी राष्टिय परिचय पत्र दिन असफल भएका कारण सरकारले तत्काल सो परिचय बिनै वृद्धभत्ता दिने निर्णय गरेको बताईन्छ ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारी वर्षाका कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएको हुनाले तत्कालका लागि लागू नगर्ने गरि पहल गर्न निर्देशन दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिईन ।
यस्तै, उनले बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ पूरक आदेश जारी गर्ने निर्णय गरेको पनि गरेको जानकारी दिईन ।









