चलचित्र ‘आदिकवि भानुभक्त’मा बर्माका दृश्य समेट्ने रहर अपूरै रह्यो ः यादव खरेल

 

काठमाडौँ । यादव खरेललाई चिनाउने अनेकौँ विधा भए पनि पछिल्लो समय उनको चिनारी चलचित्र निर्देशकका रूपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर भनेर समेत जीवनको विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाए ।
राणाकालको ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’बनाएका छन् खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो वायोपिक फिल्म हो । यो ०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । वायोपिक भनेको कुनै मानिसको जीवनी माथि बनेको कथानक चलचित्र भन्ने बुझिन्छ ।
आदिकवि भानुभक्त आचार्यको जीवनीमा नायक दिलीप रायमाझीले भानुभक्त आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्ममा भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको निर्देशक खरेलले सुनाए । भानुभक्त निर्माणमा लागि करिब दुई वर्षसम्म अध्ययन गरेको पुरानो फिल्म भएकाले यसको अस्तित्व जोगाउन समस्या भइरहेको बताउँछन् खरेल ।

LEAVE A REPLY