नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ २० अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले भोली सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए।








