स्व. मंगलादेवी सिंह आफैंमा एउटा सस्था हो ःसभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व स्व मंगलादेवी सिंह आफैंमा एउटा सस्था भएको हुँदा उहाँको नाममा बन्न लागेको सस्था शिलान्यास गरेर छोड्न नहुने बताउनु भएको छ । उहाँले भवनशिलान्यास गर्ने तर नबनाई दिँदा अलपत्र हुने भन्दै कुनै पनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुनेबताउनु भयो ।
उहाँले स्व.मङ्गलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताउनु भयो।उहाँले मङ्गलादेवी सिंहको नाममा बन्न लागेको भवनको निर्माण छिटै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने पनि बताउनु भयो ।
मङ्गलादेवी सिंह गणेशमानजीको श्रीमती मात्रै नभए रमङ्गलादेवी सिंह आफैँमा पनि मङ्गलादेवी सिंह हो । त्यसकारण गणेशमानजीको श्रीमतीको नामबाट होइन । मङ्गलादेवीको नाममा भवन शिलान्यास गर्न लागेका छौँ । तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनु हुँदैन । मैले त के भनेको छु भने उद्घाटन गर्ने मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदीबहिनी हरूबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’

LEAVE A REPLY