काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशनको उल्लङघन गर्दै अघि बढ्न खोजेपछि उनीहरुलेलाई साउन १८ गते उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले दुबैजनालाई पदमुक्त गर्ने निर्णय गरेका हुन् । उनीहरुलाई यसअघि सरकारले साउन १६मा दुबैजनालाई स्पष्टीकरण सोधेको थियो । तर चित्तबुझ्दो जवाफ नदिएपछि उनीहलाई पदमुक्त गरिएको उच्च स्रोतले जनाएको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका कपिल आचार्य र भक्तबहादुर पुन अब जिम्मेवारीविहीन भएका छन् ।
७ साउनमा प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विवादमा विद्युत् काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेपछि उक्त निर्णयमा सञ्चालक पुन र आचार्यले फरक मत ९नोट अफ डिसेन्ट० लेखेका थिए ।
प्रधानमन्त्रीको मौखिक तथा विद्युत् नियमन आयोगले विवाद कायम रहेको बखत विद्युत् काट्नु कानुन विपरीत हुने भएकाले लाइन जोड्न दिएको लिखित निर्देशन विपरीत नोट अफ डिसेन्ट लेखी नेपाल सरकारको निर्देशन पालना नगरेपछि अहिले उनीहरुलाई सरकारले पदमुक्त गरेको हो ।









