हालै भएको सौर्यएयरलाईन्सको विमान दुर्घटनाले आयलनिगमको हवाईइन्धन डिपो अन्यत्र सार्न ध्यानाकर्षण गरायो

काठमाडौं । हालै भएको र्सौर्यएयरलाईन्सको जहाज दुर्घटना पछि प्रधानमन्त्री केपि शर्मा ओलीले विमानस्थलको सुरक्षालाई मध्यनजर गर्दै नेपाल आयल निगमको हवाई इन्धन डिपो सिनामंगललाई अहिले भएको ठाउँबाट अन्यन्त्र सार्न निर्देशन दि काछन् । लगतै तालुकदार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसहितको उच्चस्तरिय टोलीले नेपाल आयल निगम हवाई इन्धन डिपो, सिनामंगलको
शनिबार अवलोकन भ्रमण गरेको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबारमात्र मन्त्री र राज्यमन्त्रीहरुलाई निर्देशन दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको इन्धन भण्डारण डिपो सुरक्षाको दृष्टिकोणले खतरा रहेको जनमानसबाट गुनासो आएकाले तत्काल भण्डारण डिपोलाई अन्यत्र स्थानान्तरण गर्न सम्बन्धित मन्त्री र तालुकदार मन्त्रालयलाई निर्देशन दिएका थिए
विमानस्थलमा हवाइजहाजको बढ्दो चाप, डिपोको वरिपरी बाक्लो घनावस्ती लगायतका विविध कारणले सुरक्षाको जोखिम रहेको भन्दै आम नागरिक र विज्ञहरुले उक्त डिपो अहिले रहेको स्थानबाट अन्यन्त्र सार्दै सुरक्षा जोखिम न्युनीकरण सुझाव दिदैँ आएका थिए । तर आम नागरिक र विज्ञको चासोलाई सरकारले गम्भिरतापूर्व लिएको थिएन् । तर हालैमात्र सौर्य एयरको विमान दुर्घनापछि भने सरकारको ध्यान विमानस्थल नजिकबाट डिपोलाई अन्यन्त्र सार्ने तर्फ केन्द्रित भएको छ ।

LEAVE A REPLY