कसैले पनि औंलो ठड्याउन नमिल्ने गरी काम गर्ने प्रधान मन्त्रीको प्रतिवद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले या कसैलेपनि औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेसका सांसद डा। नारायण खड्काको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले जनतामा निराशा नहोस भनेर सरकारले कामना मात्रै नगरेको बरु काम गरेको दाबी गरे । उनले भने,‘हामीलाई कुनै गल्ती गर्ने, अथवा कुनै अन्यौल सिर्जना हुनेगरि काम गर्ने, अथवा प्रतिफल नदेखिनेगरि काम गर्ने कुनै सुविधा छैन् । कुनै छुट छैन् ।’

उनले अहिलेपनि २० प्रतिशतभन्दा माथि जनता निरपेक्ष गरिबीको रेखामा रहेको भन्दै यसबाट जनतालाई माथि उठाउनेगरि काम गर्ने सुनाए । उनले सन् २०३० सम्म दिगो विकास गन्तव्यमा पुर्याउनुपर्नेमा पनि जोड दिए ।

 

LEAVE A REPLY