काठमाडौँ । चलचित्र ‘देववाणी’ आगामी मङ्सिर ७ गते रिलिज हुने भएको छ । बाबु साहेब बलामी निर्देशित चलचित्रले बिहीबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएका हुन्
पोस्टरमा चलचित्रका प्रमुख नायक कुन्दन भारद्वाज र नायिका अनुजा लेप्चा फिचर्ड छन् । उनीहरूलाई रोमान्टिक भावमा देखाइएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय छ ।
सिमरा, वीरगन्ज, इटहरी र काठमाडौँमा छायाङ्कन भएको चलचित्रमा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायाङ्कन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको सङ्गीत, बन्दे प्रसादको सम्पादन छ ।
मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुङ्गेल ‘झापाली’ हुन् । चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भएको छ ।