काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका छन् । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीसँग कार्पेट व्यवसायीहरुले भेटवार्ता गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री पौडेलले सरकार अर्थतन्त्रबाटबाट दबाव र शिथिलताको अवस्थामा रहेको भन्दै शिथिलताको अवस्थाबाट बाहिर निकाल्न निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए । उनले कार्पेट व्यवसायीहरुको अभिव्यक्ति र भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै यस विषयमा सरकारले छलफल गर्ने विश्वास दिलाए ।
उनले भने,‘अहिले सरकार अर्थतन्त्रबाटबाट जुन प्रकारको दबावमा छ । जुन प्रकारको शिथिलताको अवस्था छ । यो शिथिलताको अवस्थाबाट बाहिर निकाल्नुपर्छ । यसका निम्ति निजी क्षेत्रको समस्या सुन्नुपर्छ समाधान गर्नुपर्छ अनि मात्रै मनोबल बढ्छ भन्ने कुरा सोचिरहेको छौं ।
र्छु तपाइहरुले दिनुभएको अभिव्यक्ति तपाईंहरुले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर छ । यसलाई हामी छलफलको विषय बनाउने छौं । ’ उनले समस्या समाधान भन्दा अगाडि समस्या के हो भनेर बुझ्न जरुरी रहेको बताएका छन् । मन्त्री पौडेलले समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरुसँग समन्वय हुनुपर्नेमा जोड दिए ।