काठमाडौं । नेपालमा बेरोजगारी बढ्दै जाँदा धेरेै युवाहरुले हात बाँधेर बस्नु पर्ने अवस्थाआयो । यसको निराकरण गर्न युवाहरु इपिएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान थाले । कोरिया जाने क्रममा अहिले कोरीया जाने नेपालीको संख्या एकलाख पाँचहजार पाँचसय ४४ जना पुगेको छ । जसमध्ये
हालसम्म ९८ हजार तीन सय १० पुरुष र सात हजार दुई सय ४३ महिलाले कोरियामा रोजगारी प्राप्त गरिसकेको इपिएस शाखाले जनाएको छ ।
इपिएस सुरु भएयता लिइएका भाषा परीक्षामा सहभागी हुन नौ लाख बढीले आवेदन फारम भरेका थिए । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको तथ्याङ्कानुसार हालसम्म नौ लाख १९ हजार छ सय ३१ युवाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन् । नेपाल र दक्षिण कोरियाबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली इपिएसमार्फत नेपाली कामदार दक्षिण कोरिया पठाउन मन्त्रीस्तरीय सम्झौता भएको थियो ।







