काठमाडौं ।कर्मचारी सञ्चयकोषको ६३ औं वार्षिकोत्सव भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले सञ्चय कोषको भूमिकालाई थप प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
काठमडौंमा आयोजित कर्मचारी सञ्चय कोषको वार्षिकोत्सव समारोहमा अर्थमन्त्री पौडेलले, सरकारको अभिभारा सामाजिक सुरक्षाको प्रवन्धलाई पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा रहेको भन्दै यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘सरकार अहिले जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको मान्यतामा विश्वास गर्दछ । सरकार सामाजिक सुरक्षाको प्रवन्धलाई आफ्नो अभिभारा ठान्छ । यो सामाजिक सुरक्षाका अभिभारा पूरा गर्ने शिलसिलामा सञ्चय कोष एउटा महत्पूर्ण माध्यमको रुपमा छ । त्यसैले यसको भूमिकालाई अझ प्रभावकारी बनाएर जानुपर्छ ।’









