सरकार सधैं उद्योगीको साथमा छ , मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार सधैं उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको शंखमुलमा भएको ४५औँ बार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताएका हुन् ।
उनले आर्थिक मन्दीका कारण व्यवसायीहरुलाई परेको आर्थिक संकटको समाधान गर्न सरकारका तर्फबाट आवश्यक प्रयास थाल्ने बताए । युवाहरुलाई उद्यमी बनाउन स्टार्टअप कार्यक्रम ल्याएको बताउँदै उनले वर्तमान चुनौतिहरुलाई सम्भावनामा बदल्न आग्रह गरे । युवाहरुले विदेशमा मात्रै सम्भावना देख्ने प्रवृत्ति सुखद नभएको उनको भनाई छ ।।
मन्त्री भण्डारीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर मात्रै देशको विकास सम्भव भएकाले जनतामा देखिएको निराशाको अन्त्य गर्न तिनै तहका सरकारको सहकार्य आवश्यक रहेको बताए ।
जनतामा ‘सरकार मेरो हो’ भन्ने भावना जागृत हुनुपर्ने मन्त्री भण्डारीको भनाई छ ।
सरकारबाट जनताले आशा राख्न छाड्नु हुँदन् । बरु नितिगत कमजोरी छ भने त्यसमा बहस गरौँ नितिनियम सुधार गछौँ, कार्यक्रमहरु सच्याउछौँ र सरकारलाई बलियो र जनताले अपनत्व महशुस गर्ने बनाउछौँ ।,

 

LEAVE A REPLY