डाक्टर , अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन, दैनिक खानपानको पनि ठूलो महत्व छ ः डा. अरुण उप्रेति

काठमाण्डौ, दशैं, तिहार जस्ता चाड बाडहरुमा मानिसहरुले इच्छालागेको कुरा जतिपनि खाने अनि विरामी भएर अस्पताल धाउने प्रवृत्ति बढ्दै गएको प्रति मध्यनजर गर्दै मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व भएको बताउनु भएको छ । उहाँ भन्नुहुन्छ ः “डाक्टर, अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् उनीहरुको खानपिन सांस्कृतिक बनावट, चालचलन, शिक्षा, आर्थिक अवस्थाले पनि स्वास्थ्य निर्धारण गर्छ । अहिले नेपालमा जनस्वास्थ्यको विषय त्यति सन्तोषजनक अवस्था नभएपनि तथ्याकंले के देखाउँछ भने नसर्ने रोगहरु एकदमै बढ्दै गइरहेको छ । झण्डै ३५ प्रतिशत महिलाहरु मोटोपनको शिकार भएका छन् । त्यसमा पनि उच्च वर्गका ५३ प्रतिशत र गरिब वर्गका २० प्रतिशत महिला मोटोपनको शिकार भएको तथ्याकंले देखाउँछ । जनस्वास्थ्यको दृष्टिकोणले यो नराम्रो अवस्था हो । कुपोषण पनि बढेको छ । जसले बालबालिको शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा पनि समस्या ल्याइरहेको छ ।”
खानपान र स्वस्थ्य जीवनशैलीलाई चाडपर्वमा मात्र होइन् । जहिले पनि ध्यान दिनुपर्छ । र त्यसलाई जिन्दगीको अंग नै बनाउनुपर्छ । चाडपर्वको बेला आफन्त र साथीभाइसँग भेट हुन्छ, धेरै समयसम्म भेट नभएकाहरुसँग पनि भेट हुन्छ । त्यो बेला खानाको बारेमा महत्वपूर्ण कुरा हुन्छ । दशैंको बेला हो, मासु खाऔं भन्ने हुन्छ । पहिला पहिला त ‘दशैं आयो खाउला पिउला’ भन्दा मासु नै भन्ने हुन्थ्यो । तर अहिलेको समयमा मासु अरु समयमा पनि खाने भएकाले त्यति चासो हुन्न र पनि दशैंको बेला छुट्टै यसको महत्व हुन्छ ।
तर एउटा के कुरा चाँही विचार गर्नुपर्छ भने चाडपर्वको बेला खानपिन त गरिन्छ तर स्वास्थ्य अवस्थालाई चाँही ध्यानमा राख्नैपर्छ । किनकी खानलाई लागि धेरै खायो त्यसपछि विरामी पर्यो भने केही मतलब नै हुँदैन् । तर त्यसको असर दिर्घकाल रुपमा पर्दै जान्छ ।
। त्यसैले आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ । मासु, तरकारी, दालभात विभिन्न किसिमका परिकारहरु खाइन्छ । तर यसमा आनन्द पनि जोडिएको छ । पेट भर्ने मात्रै होइन् । घर परिवारसँग, पाहुनालाई बोलाए सँगै खाँदा छुट्टै आनन्द आउँछ ।

LEAVE A REPLY