प्रभु महालक्ष्मी लाइफद्वारा चनिकलाल तामाङलाई सम्मान

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ललितपुरमा नख्खुखोलाले बगाएका ब्यक्तिलाई बचाउन सफल चनिकलाल तामाङलाई सम्मान गरेको छ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका नख्खुखोलामा असोज १२ गते आएको बाढीले बगाएका मध्ये २ जनालाई सकुशल उद्धार गर्न काभ्रे तेमाल गाँउपालिका वडा न। ९ का ३७ वर्षीय चनिकलाल तामाङलाई कम्पनीले सम्मान गरेको हो ।
असोज १६ गते बुधबार कम्पनीको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका संचालक शंकर गौतम र प्रमुख कार्यकारी अधिकृत सीईओ सन्तोष प्रसाईले तामाङलाईसम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै सीईओ प्रसाईले रियल हिरोको संज्ञा दिदै स्वतस्फुर्त रुपमा अरुको ज्यान जोगाउने कामको कुनै मूल्यसँग तुलना हुन नसक्ने बताए । यस्तो पुण्य कार्य गरेका तामाङलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख बीमाङ्क रकमको बीमालेख सहित ११ हजार रुपैयाँ नगद सम्मान स्वरुप प्रदान गरेको हो ।

कार्यक्रममा उद्धारकर्ता तामाङले आफ्नै आँखा अगाडि कसैको ज्यान जोखिममा देख्दा सैह्य भएन र बाढीमा हामफाली दुई जनालाई बचाउन सफल भएको बताए । उनले थपे यस किसिमका सम्मानले हौसल प्रदान गर्ने र म लगायत अन्य व्यक्तिमा पनि मानवियता विकास हुने विश्वास लिएको तर्क राखे । सबैले आफ्नो क्षमता अनुसारको आपसी सहयोग र सद्भाव राख्दा अहिलेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न सकिने बताए ।

 

LEAVE A REPLY