लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले एक आपसमा गरे, आइपीओ जारी गर्नेसम्बन्धी सम्झौता

काठमाडौँ । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड एलएस क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड एनआईआईएफ बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र एमओयूमा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सीईओ विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् ।
ग्लोबल इक्विटी फन्ड लिमिटेड जीईएफले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड एनआईआईएफ नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । यसले कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नेछ ।
२०७९ कार्तिक २९ गते दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपैयाँ र जारी पुँजी १२० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको छ ।
एलएस क्यापिटल लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनी हो । लक्ष्मी क्यापिटल र सन्राइज क्यापिटल मर्ज भई बनेको एलएस क्यापिटलले मर्चेन्ट र इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी थुप्रै सेवा प्रदान गर्छ । ३० वर्षभन्दा बढीको अनुभवी एलएस क्यापिटल विविध वित्तीय सेवा प्रदान गर्ने नेपालको नेतृत्वदायी मर्चेन्ट बैंकहरुमध्ये एक रहेको बताइएको छ ।

 

LEAVE A REPLY