विगतको बडादशैंहरु भन्दा यसबर्ष उपत्यका छोड्नेको सख्यामा कमि

काठमाडौं । वडादशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ । विगत वर्षका दशैंमा भन्दा यस वर्षफुलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरु विगतको तुलनामा बढी चहलपहल देखिइ रहेका छन् ।

असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरुको संख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको बताइन्छ ।
चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो । ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ ।
यातायात व्यवसायीहरुले पनि यसबर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताएका छन् ।

LEAVE A REPLY