गतवर्षको भन्दा उत्पादन बढेर प्रतिगोटा १० हजार मुल्य सस्तीएपछि मुस्ताङमा ८००० हजार भेडाच्याङग्रा विक्रि

म्याग्दी , यस वर्ष मुस्ताङमा बडादशैँमा १६ करोड रुपैयाँ बाराबरका ८००० भेडाच्याङग्राको व्यापार भएको छ।
त्यसो त दशैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रा सबै मुस्ताङमा उत्पादन भएका होईनन् । विक्रि भएका मध्ये चार हजार ८०० जिल्लाभित्रका किसानले पालेका र तीन हजार २०० डोल्पा, मुगुबाट ल्याइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ
पशुुसेवाका विज्ञ प्रमुख लालमणि अर्यालका अनुसार ५०० भेडा र सात हजार ५०० च्याङग्रा बिक्री भएको हो।
गत वर्ष उत्पादन कम भइ मुल्य अकासिएको हुँदा सात हजार भेडाच्याङग्रामात्र बिक्री भएको थिए। म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुुस्ताङका भेडाच्याङग्रा बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङग्राको व्यापार राम्रो भएको व्यापारीले बताएका छन्।
राँगा, खसी भन्दा धेरै महंगोमा किन विक्छन त भेडाच्याङग्रा ?
जडीबुटीयुक्त बुकीमा चरेका च्याङग्राको मासु पोसिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दशैँ तिहारमा हिमाली च्याङग्राको मासुुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए। तीन वर्ष पूरा भएका च्याङग्रा मासुका लागि बिक्री हुन्छ। तर राँगा र खसीबोका भनें तराई, पहाड, कछाड जहाँ जोसुकैलेपनि पाल्ने भएकाले भेडाच्याङग्राको दाँजोमा सस्तो मुल्यमा किन्न पाइएको हो ।

LEAVE A REPLY