काठमाडौं । विदेशमा कमाएको रकम आइएमई गरेकी भाग्यशाली सेवाग्राही प्रमिला रोकायाले १ करोड रुपैयाँ नगद जितेकी छन् । जापानको क्योदाइबाट रोकायाले आइएमइ मार्फत रकम पठाएकी थिइन् ।काठमाण्डौंमा आयोजित एक कार्यक्रममा आइएमई ब्राण्ड एम्बेसडर दीपाश्री निरौलाले सार्वजनिक रूपमा लक्की ड्र मार्फत भाग्यशाली सेवाग्राहीको नम्बर छनोट गर्ने क्रममा प्रमिला रोकायाको नाम टनौट गर्न पुगेकी थिइन ।
आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली सेवाग्राही प्रमीला रोकायलाई बधाई ज्ञापन गर्दै आइएमई प्रति सेवाग्राहीहरूको विश्वासका लागि आभार व्यक्त गरेका छन् । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम९रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्षको दशैं अगाडि सुरु गरेको ‘आइएमई गरौँ, करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट भएको हो ।
आइएमई लिमिटेडले एक वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम९आइएमई गरी रकम पठाउने सेवाग्राहीहरु मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आइएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरु यो योजनामा सहभागी थिए । आइएमई वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।
सोमबार नै आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम९रेमिटेन्स मार्फत रकम पठाउन र रेमिट मार्फत प्राप्त रकम उद्यमशिलता लगाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, उद्यमी बनौँ’ योजना पनि सार्वजनिक गरेको छ । यो योजनामा आइएमई गरी रकम पठाउने सेवाग्राहीहरुको ३ जनाले उद्यमशील बन्न सहयोग पुग्ने गरी दोस्त पिक अप ट्रक जित्ने छन् । सँगसँगै पहिलो तिन महिना असोज सात गतेदेखि मंसिर मसान्त सम्म प्रत्येक दिन, प्रत्येक हप्ता र प्रत्येक महिना एक एक जनाले आकर्षक उपहार जित्नेछन् ।
संगै हरेक तिन तिन महिनामा बम्पर उपहार समेत जित्न सक्नेछन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्व लक्षित ‘यो चाडपर्वमा आइएमई गरौँ, उद्यमी बनौँ’ भन्ने योजना अन्तर्गत सेवाग्राहीले दैनिक पुरस्कारमा आइएमइको अफर आफ्नो सामाजिक सञ्जालमा प्रवर्द्धन गर्ने एक जना भाग्यशाली विजेताले अल्टिमाको इअर वड प्राप्त गर्ने छन् । त्यस्तै, हरेक हप्ता एक जना विजेताले डिएच आइ होम अप्लाइन्सेसका घरायसी प्रयोगका सामानहरू टिभी, रेफ्रिजेरेटर, अथवा वासिंग मेसिन प्राप्त गर्नेछन् । यस योजनामा १२ जना विजेताहरु हुनेछन् ।
त्यस्तै, मासिक योजनामा एक जना विजेताले प्रत्येक महिना आइफोन सिक्सटिन प्राप्त गर्नेछन् । यसमा तीन जना विजेता हुनेछन् । बम्पर पुरस्कारमा भाग्यशाली विजेताले दोस्त पिक अप ट्रक प्राप्त गर्ने छन् । असोज देखि साउन महिनासम्म लागु हुने यस योजनामा तीन जना विजेताहरुले बम्पर पुरस्कार प्राप्त गर्ने छन् ।
नयाँ योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले आर्थिक रूपान्तरणको मुख्य श्रोतको रूपमा रहेको रेमिटेन्सलाई उद्यमशीलता अभियान सँग जोडेर अघि बढाउन नयाँ योजना केन्द्रित गरेको बताएका छन् । रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निमार्ण गर्न देश विदेशमा काम गरी रकम कमाउने जनशक्ति, रेमिटेन्स प्राप्त गर्ने घरपरिवार, समुदाय र नीति निर्माण तह समेतको ध्यान केन्द्रित गर्न आइएमई आइएमई गरौँ, उद्यमी बनौँ योजना मार्फत आह्वान गरेको पनि उल्लेख गरे । रेमिटेन्स रकम मात्र नभई विदेशमा काम गर्दा सिकेको सीपलाई स्वदेशमा हस्तान्तरण भई उद्यम सृजना गरी उद्यमशीलताको इकोसिस्टम निर्माण गर्ने उद्देश्य रहेको समेत अध्यक्ष ढकालले उल्लेख गरे ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन र सो रकम उद्यममा लगानी गर्न यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताए । साथै यो योजनाले डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।









