काठमाडौँ , रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ।
मंगलवार दिउँसो पोखराबाट भैरहवा लगिएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीमा तीन दिन लगाएर लिखित बयान लिइएको थियो ।
७० भन्दा बढी लिखित प्रश्न सोधिएका लामिछानेलाइ
बयान सकिएकाले आजै उनलाई पोखरा पठाउने तयारी गरिएको रुपन्देहीकी प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले जानकारी दिइन्।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धीकरणको कसुरमा समेत कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। विगत २६ दिनदेखि सहकारी ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि कास्की प्रहरी हिरासतमा रहेका उनलाई अर्को सहकारी ठगी प्रकरणको बयानकै लागि रूपन्देही लगिएको थियो ।








