नेवार समुदायको ‘पिँडालु उसिनेर खाने’ पर्व आज

काठमाडौं ,,नेवार समुदायले शुक्रबार सकिमना पुन्ही पिँडालु उसिन्ने पूर्णिमा मनाउँदैछ ।पिँडालु उसिनेर देवतालाई चढाउने र खाने परम्परा छ।

खेती गरेर आफैँले उत्पादन गरेका वस्तु इष्टदेवलाई चढाएर मात्र खाने परम्परा छ। पिँडालु, सखरखण्डलगायतका कन्दमूल उसिनेर इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

यो दिन व्रत बसी विभिन्न महादेव मन्दिर, नारायण मन्दिर गएर दर्शन गरी राति चन्द्रमा र तुलसी नारायणलाई विधिवत रूपमा पूजा गरी पिँडालु, सखरखण्ड र खीर खाइन्छ। यस्तै पुन्हीको अवसरमा एक महिने दाफा भजनकीर्तन गर्ने प्रचलन छ। कोजाग्रत पूर्णिमादेखि विभिन्न देवीदेवताको मन्दिर प्रांगणमा प्रत्येक साँझ गर्ने भजनकीर्तन आज समापन गर्छन्।

भजन मण्डलीले साँझ मन्दिरअगाडि भुटेका मकै, भटमास, लावा र गहुँ, लगायत अन्न(गेडागुडीले विभिन्न देवीदेवता तथा मन्दिरहरुको कलात्मक आकृति बनाई मालपुवा र पुरीले सजाउने चलन छ। यसरी बनाएको प्रतिमालाई उसिनेको सखरखण्ड, पिडाँलु तथा भुटेका मकै, भटमास र गहुँ, लगायत चढाउने परम्परा छ।

चिसो बढ्दै गर्दा यसका प्रकारका खाद्यपदार्थले शरीर स्वस्थ हुने नेवार समुदायमा विस्वास रहि आएको छ ।

LEAVE A REPLY