बक्स अफिसलाई बेवास्ता गर्ने हललाई चलचित्रबोर्डले कारबाही गरिने
काठमाडौँ । बक्स अफिस प्रणालीलाई बेवास्ता गरी म्यानुअल टिकट वितरण गरी चलचित्र चलाउने चलचित्र घरहरूलाई छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने चलचित्र विकास बोर्डले बताएको छ । बोर्डले यस्ता गतिविधि आर्थिक ऐन, २०८१, चलचित्र निर्माण, प्रदर्शन तथा वितरणऐन २०२६ र सो को नियमावली चलचित्र नियमावली, २०५७ मा रहेको प्रावधान विपरीत रहेको स्पष्ट पारेको हो ।
नेपाली चलचित्र ूपूर्ण बहादुरको सारङ्गीू नामक चलचित्रको निर्माण तथा वितरण कम्पनी सेभेन सिज ईन्टरटेनमेन्ट प्रा। लि। ले २० वटा हलबाट फिल्म उतार्ने निर्णय गरेको थियो । ती सिनेमा हलहरूले उपलब्ध गराएको ग्रसकलेक्सन रिपोर्ट चित्तबुझ्दो नभएपछि निर्माण पक्षले मङ्सिर १ गते शनिवारबाट सिनेमा उतार्ने निर्णय गरेको हो ।
सेभेन सिस सिनेमा परिवारले शुक्रवार एक विज्ञप्ति जारी गर्दै भनेको थियो, ‘केही सिनेमा घरहरूले चलचित्र पूर्णबहादुरको सारङ्गी हाउस फूल अकुपेन्सीमा प्रदर्शन भए पनि निर्माण पक्षलाई ग्रसकलेक्सन रकमको रिपोर्ट उपलब्ध गराए पनि निर्माण पक्ष उक्त रिपोर्टप्रति असहमत हुँदै सम्बन्धित हलबाट मङ्सिर १ गते शनिवारबाट नै सिनेमा उतार्ने निर्णयमा पुगेको छ ।’