दलका नेताहरु नसुध्रिदा राजतन्त्र आउनु अपरिहार्य भएको छ

चन्दन शाक्य
राष्ट्रवादी नेता
राजनीतिक दलका नेताहरुले पञ्चायतकालमा केही विकास नभएको आरोप लगाउँदै र देश विकास गर्न भन्दै २०६२÷०६३ मा जनआन्दोलन गर्दै राजतन्त्र पाखा लगाए । राजा ज्ञानेन्द्र शाहले पनि दलका नेता कार्यकर्ताहरुले साच्चै परिवर्तन खोजेकै हुनकी भन्दै सत्ताको तालाचाबी दलका नेताहरुलाई सुम्पि दिए तर झण्डै १९ वर्ष बित्न लाग्यो देशमा जस्तो विकास हुनुपर्ने थियो त्यो भएन । जनताको आर्थिक स्थिति पञ्चायतकालको भन्दा दयनीय हुँदै गयो । काम गरेर पनि ढुक्क र निश्चिन्त भएर खान
पाएनन् । विकास त भयो केवल दलका नेता र कार्यकर्ताको मात्रै । भने जस्तो खान लाउन नपाउने र भाडा तिरेर बस्ने हैसियत समेत नभएका नेताहरु सुकिला मुकिला भए । पजेरो चढ्ने र ठूला महलमा बस्ने हैसियत बनाए । विदेशी बैंकमा पैसा थुपार्न सक्ने
भए । तर सर्वसाधारण जनता जहाँको त्यही ।
नेताहरुले विकास गर्ने नाममा आफुले पनि भ्रष्टाचार गरे उच्चस्तरीय देखि न्यूनस्तरीय सरकारी कर्मचारीलाई भ्रष्टाचार गर्न छुट दिए । कारवाही गर्नुपर्ने ठाउँमा सुनपानी छर्किएर चोख्याए । पहुँच नहुनेलाई सजाय गरे जस्तो बहाना गर्दै विभिन्न अवसरमा जेल मुक्त गर्दै आए । जसका कारण देशमा भ्रष्टाचार अत्यधिक मौलायो । यो भ्रष्टाचार र विकृति अन्त्य गर्न कुनै पनि राजनीतिक दलले अब
सक्दैन । त्यसैले भ्रष्टाचार र विकृतिको अन्त्यका लागि राजतन्त्र आउनुको विकल्प छैन । देश खब्म भैसक्यो । देशको स्थितिमा सुधार ल्याउन आम नेपाली जनता यो पार्टी, त्यो पार्टी नभनीकन एक जुट भएर लाग्ने र वर्तमान व्यवस्था परिवर्तन गर्नेतर्फ लाग्नु पर्दछ । देश विगार्न र कंगाल बनाउन देशी–विदेशीको पनि ठूलो हात छ । किनकी उनीहरुकै चलखेलका कारण कुनै पनि राजनीतिक दलको बहुमत नआउने र दीगो सरकार बन्न नसक्ने अवस्था छ । यो अवस्थामा कुनै पनि दल नेतृत्वको सरकारले देशमा आमूल परिवर्तन ल्याउन चाहेर पनि सक्दैन । देशमा कुनै विकासको सम्भावना नहुने भएपछि विद्यार्थी र युवा वर्गले आफ्नो देशमा भविष्य नै देखेनन् । जसकाकारण ट्यालेन्ट विद्यार्थी उच्च शिक्षाका लागि विदेश पलायन हुँदा गाउँ सबै उजाड भयो । उर्वर जमिन बाँझै हुँदा सागको मुठा समेतमा परनिर्भरता अपनाउनुपर्ने भयो । देश ऋणमा चुर्लुम्म डुबिसक्यो ।
नेताहरु देश विकास गर्न भन्दै विदेशी ऋण लिने, अनुदान लिने अनि विकासको बहाना गर्दै देशका लागि आएको रकम व्यक्तिका नाममा विदेशी बैंक तिरै फर्काउदा नेता अपार धनि र जनता९देश० कंगाल बन्दै गएको
छ । यसको निराकरण भनेको राजतन्त्र नै हो । नेताहरुले कुम्ल्याएको सम्पत्ति आम जनताले मिलेर राष्ट्रियकरण गर्ने हो भने झण्डै दुई आर्थिक वर्ष देश सञ्चालन गर्न सकिन्छ । भ्रष्ट नेता र कर्मचारीलाई कडा कारवाही गर्न जनतानै जाग्नु पर्दछ । अरुबाट सम्भव छैन । यो सरकारले सहकारी ठगहरुलाई कारवाही गरेर बचतकर्ताको रकम फिर्ता गर्नुको सट्टा ठगहरुलाई नै बचाउ गरिरहेको छ । रगत पसिना बगाउँदै कमाएको पैसा सहकारीमा राख्ने बचतकर्ताको पैसा फिर्ता गर्नेतर्फ सरकार लाग्न सकेको छैन । लोकतान्त्रिक गणतन्त्रमा यस्ता धेरै कमीकमजोरी छन् । यस्ता कमीकमजोरी सच्याउने तर्फ दलहरु लागेका
छैनन् । त्यसैले भ्रष्टाचार र विकृतिको अन्त्यका लागि राजतन्त्र नै आउनु पर्दछ । बुद्धिमान तामाङ जस्ता व्यक्तिलाई प्रधानमन्त्री बनाउनु
पर्दछ । किनकी राजा ल्याउने अभियानमा बुद्धिमान तामाङ दत्तचित्त भएर लागेका छन् ।
त्यसो त म पनि भ्रष्टाचार विरोधी नै हुँ । राजतन्त्रको बेला म काठमाडौं म।न।पा। २५ वडाको वडा अध्यक्ष हुँदा भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भन्दै कारवाही अभियान चाल्दा चाल्दै राजतन्त्र नै गयो । तत्कालिन समयमा चालेको अभियानका कारण चन्दन शाक्य समाजमा नौलो नाम भएको छैन । इमान्दारी, भ्रष्टाचारी सबैले चिन्दछन् । देश बनाउनका लागि परिवार समेत त्याग गरी राजनीतिमा दत्तचित्त भएर लागिएको छ । आफ्नो कर्तव्य पालन गरिरहेकै छ । राजतन्त्र आउन अब धेरै समय कुर्नु नपर्ने भएको छ । नेताहरुको कार्यशैलीका कारण अब राजतन्त्रको विकल्प छैन । एक दिन न एक दिन आएर छोड्छ र आउनु पनि पर्छ । यो समयको माग नै हो ।

LEAVE A REPLY