सूर्यदर्शन सहकारी ठगीमा संग्नहरुलाई धरौटीमा छोड्न कास्की जील्ला अदालतको आदेश

काठमाडौँ कास्की जिल्ला अदालतले पौस ५ गते र ७ गते पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पक्राउ परेका आरोपीहरुलाई धरौटीमा छोड्न आदेश दिएको छ । आदेश संगै रास्वपाका अध्यक्ष तथा पूर्व गृह मन्त्री रवि लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका छविलाल जोशीलाई पनि धरौटीमा छोड्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
अन्य आरोपीहरू लीला पछाईं, रामबहादुर गुरुङ, आरति गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छोड्न आदेश भएको छ। पछाईसँग ३६ लाख, रामबहादुरसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मीना गुरुङसँग ५ लाख र आरति गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ।

 

LEAVE A REPLY