बीमाका निम्न लिखीत समस्याबाट मुक्त हुन सुरक्षीत बीमा गरी ढुक्क रहौं काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो र यसका प्रकारहरु । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ ः जीवन बीमा र निर्जीवन बीमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बीमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ । अब कुरा गरौं निर्जीवन बीमा बारे । २०७२ सालको भुँइचालोमा मानवीय र भौतिक क्षति धेरै भए । हरेक वर्ष बाढी पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पु¥याउने गरेको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तीमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ । प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौ तर सुरक्षित भने अवश्य हुनसक्छौं । यी सबैबाट सुरक्षित हुने भनेको बीमा गरेर हो । निर्जीवन बीमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु, भवितब्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ । हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन् नेपालमा लोकप्रिय जीवन बीमाहरुमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र यूनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा विमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ । नेपालको पुराना निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हिमालयन एभरेष्ट इन्स्योरेन्स ९एचइआइ० लाई लिन सकिन्छ जसले व्यक्ति र व्यवसायहरुको आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न निर्जीवन बीमाका सेवाहरु उपलब्ध गराउदै आएको छ । निर्जीवन बीमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बीमा, सम्पत्ति बीमा, कृषि बीमा, मरिन कार्गो बीमा गर्न सकिन्छ । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बीमा गरे यस्ता जोखमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरुलाई ढुक्कको महसुस गराउछ । असार–साउनमा हामी बाढीपहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरु बढ्छन् । गत दशैंको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए । अब सोच्नुस जिल्लामा कति भए होलान् । अब सोच्दै हुनुहुन्छ होला कसरी सुरक्षा अपनाउने त रु सम्पत्ती बीमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ती बीमाले आवासीय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ । ९स्रोत ः जततउकस्ररदष्उबम।नयख।लउरभल नेपाल कृषि प्रधान देश । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरि ल्याइएको कृषि बीमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुबै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बीमा गराउनु पर्दछ । कृषि बीमा अन्तर्गत बाली बीमा, गाइवस्तु बीमा पर्दछन् । बाली बीमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बीमाले पशुचौपायामा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।बीमाका निम्न लिखीत समस्याबाट मुक्त हुन सुरक्षीत बीमा गरी ढुक्क रहौं काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो र यसका प्रकारहरु । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ ः जीवन बीमा र निर्जीवन बीमा । मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बीमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ । अब कुरा गरौं निर्जीवन बीमा बारे । २०७२ सालको भुँइचालोमा मानवीय र भौतिक क्षति धेरै भए । हरेक वर्ष बाढी पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पु¥याउने गरेको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तीमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ । प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौ तर सुरक्षित भने अवश्य हुनसक्छौं । यी सबैबाट सुरक्षित हुने भनेको बीमा गरेर हो । निर्जीवन बीमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु, भवितब्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ । हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन् नेपालमा लोकप्रिय जीवन बीमाहरुमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र यूनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा विमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ । नेपालको पुराना निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हिमालयन एभरेष्ट इन्स्योरेन्स ९एचइआइ० लाई लिन सकिन्छ जसले व्यक्ति र व्यवसायहरुको आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न निर्जीवन बीमाका सेवाहरु उपलब्ध गराउदै आएको छ । निर्जीवन बीमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बीमा, सम्पत्ति बीमा, कृषि बीमा, मरिन कार्गो बीमा गर्न सकिन्छ । नेपाल प्रहरीको आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बीमा गरे यस्ता जोखमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरुलाई ढुक्कको महसुस गराउछ । असार–साउनमा हामी बाढीपहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरु बढ्छन् । गत दशैंको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए । अब सोच्नुस जिल्लामा कति भए होलान् । अब सोच्दै हुनुहुन्छ होला कसरी सुरक्षा अपनाउने त रु सम्पत्ती बीमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ती बीमाले आवासीय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ । ९स्रोत ः जततउकस्ररदष्उबम।नयख।लउरभल नेपाल कृषि प्रधान देश । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरि ल्याइएको कृषि बीमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुबै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बीमा गराउनु पर्दछ । कृषि बीमा अन्तर्गत बाली बीमा, गाइवस्तु बीमा पर्दछन् । बाली बीमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बीमाले पशुचौपायामा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।

बीमाका निम्न लिखीत समस्याबाट मुक्त हुन सुरक्षीत बीमा गरी ढुक्क रहौं
काठमाडौँ । बीमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो र यसका प्रकारहरु । बीमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बीमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ ः जीवन बीमा र निर्जीवन बीमा ।
मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बीमा नै जीवन बीमा हो । मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बीमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ । यसले बीमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ । अब कुरा गरौं निर्जीवन बीमा बारे ।

२०७२ सालको भुँइचालोमा मानवीय र भौतिक क्षति धेरै भए । हरेक वर्ष बाढी पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पु¥याउने गरेको छ । व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तीमा विभिन्न किसिमका प्राकृतिक तथा मानवीय कारणबाट आर्थिक क्षति हुन्छ । प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौ तर सुरक्षित भने अवश्य हुनसक्छौं । यी सबैबाट सुरक्षित हुने भनेको बीमा गरेर हो । निर्जीवन बीमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु, भवितब्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ ।
हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बीमा कम्पनी रहेका छन्
नेपालमा लोकप्रिय जीवन बीमाहरुमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र यूनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बीमा अन्तर्गत बीमा गर्ने व्यक्तिको मृत्यु भएमा वा विमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ ।

नेपालको पुराना निर्जीवन बीमा कम्पनीहरुमध्ये एक हिमालयन एभरेष्ट इन्स्योरेन्स ९एचइआइ० लाई लिन सकिन्छ जसले व्यक्ति र व्यवसायहरुको आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न निर्जीवन बीमाका सेवाहरु उपलब्ध गराउदै आएको छ । निर्जीवन बीमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बीमा, सम्पत्ति बीमा, कृषि बीमा, मरिन कार्गो बीमा गर्न सकिन्छ ।

नेपाल प्रहरीको आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् । ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् । सवारीसाधन बीमा गरे यस्ता जोखमबाट वित्तीय सुरक्षा लिन सकिन्छ । यसले सवारीसाधनका मालिकहरुलाई ढुक्कको महसुस गराउछ ।
असार–साउनमा हामी बाढीपहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरु बढ्छन् । गत दशैंको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए । अब सोच्नुस जिल्लामा कति भए होलान् ।
अब सोच्दै हुनुहुन्छ होला कसरी सुरक्षा अपनाउने त रु सम्पत्ती बीमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ती बीमाले आवासीय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ । ९स्रोत ः जततउकस्ररदष्उबम।नयख।लउरभल
नेपाल कृषि प्रधान देश । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ । किसानलाई लक्षित गरि ल्याइएको कृषि बीमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुबै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बीमा गराउनु पर्दछ । कृषि बीमा अन्तर्गत बाली बीमा, गाइवस्तु बीमा पर्दछन् । बाली बीमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बीमाले पशुचौपायामा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।

LEAVE A REPLY