बेचन झाको निवेदन पछि सर्वोच्चले माग्यो , थुनामा राख्नुको कारण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको चिसो खोरमा दीन विताईरहेका बेचन झालाई सर्वोच्च अदालतले उनलाई थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।
झाले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । झाले बुधवार सर्वोच्चमा वन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा झाको उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको आरोप छ । गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सोही आदेश गैरकानुनी भएको दाबी गर्दै झा बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका हुन ।

LEAVE A REPLY