काठमाडौँ, नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुबारे भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन्।
आज काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुप्रति वास्तविक कुराहरु नभइ भ्रम छर्ने कामहरु भइरहेको बताए। उनले साना कर्जाहरु विस्तार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे।
उनले कुनै पनि वित्तीय संस्थाहरु समस्यामा भए त्यसको तथ्यांक राष्ट्र बैंकसँग हुने र सोहीअनुसारको कामहरुबाट संस्थालाई सुझाव दिइरहेको बताए।
राष्ट्र बैंकले नियमन गरेका संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न नदिने प्रतिबद्धता जनाए। कर्जा विस्तारमा लाग्न बैंकहरुलाई आग्रहसमेत गरे।
‘ , उनले भने, ‘अनि मान्छेहरुलाई भ्रम छर्दिने काम खुब भइरहेको हामी देख्छौँ। कुनै संस्थामा समस्या भयो भने त्यसको डेटाहरु राष्ट्र बैंकमा हुन्छ। हाम्रा कुनै पनि डिपोजिटरलाई राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई कुनै हालतमा पनि समस्यामा पर्न दिँदैनौँ। डिपोजिट समस्यामा पर्न दिँदैनौँ, त्यो हाम्रो एक खालको प्रत्याभूति नै हो।’
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थामा आउने उतारचढावलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। बैंक कुनै पनि निक्षेपकर्तालाई घाटामा पर्न नदिने बताए।









