काठमाडौँ , सरकारी वकिलहरुले रविको मुद्धामा बहस सकेर रविलाइ थुनामै राख्न माग गरेका छन् ।, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस भने जारी छ।
रुपन्देही जिल्ला अदालतमा आज सरकारी वकिलले बहस सकाएका छन्। उनीहरूले लामिछानेलाई न्यायिक हिरासतमा राख्नुपर्नेमा परिवारको जिम्मामा छाडिएकामा असन्तुष्ट जनाएका छन्।
आजै पीडितका तर्फबाट पनि बहस सुरु भएको र भोलि पनि जारी रहने जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीकी सूचना अधिकारी, सहायक जिल्ला न्यायाधिवक्ता उमाकुमारी केसीले जानकारी दिइन्।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपी लामिछाने बुधवार अदालत उपस्थित भएका थिए। हिजो उनीसँग बयान लिइएको थियो। आजबाट थुनछेक बहस सुरु गरिएको हो।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको छ। बहस नसकिएकाले आज पनि उनलाई परिवार र वकिलको जिम्मा लगाएर छाडिएको छ।








