काठमाडौँ । करेन्ट चाउ चाउ उत्पान गर्दै आईरहेको यशोदा फुड्स प्रालिले आफ्नो नयाँ ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाहलाई नियुक्त गरेको छ । यस सँग ैग्लोवलको जिम्मेवारी शाहको काँधमा पर्न आएको हो । यसअघि शाह चौधरी समूहको सीजी फुड्समा काम गरीरहेका थिए। यसोदा फुड प्रालिे एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्ने कम्पनि नेपालको खाद्य बजारकै अग्रणी तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी भएको दाबी गदेै आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको हो ।
चौधरी ग्रुपमाकरीव ३० वर्ष काम गर्दा वाईवाईलाई विश्वबजारमा पुर्याउन सफल भएका जीपी शाहले अब करेन्ट चाउचाउलाई पनि अन्तर्राष्ट्रिय बजार बढाउने जिम्मा लिएका छन् ।
ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । शाहको आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनी ढुक्क रहेको छ ।
ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा कम्पनीको रहेको छ ।









