माघ मध्य वित्न लाग्दा तराईमा बाक्लो हुस्सु काठमाडौंमा बदली भएको छ
काठमाडौं, तराईका धेरै भूभागमा अहिले बाक्लो हुस्सु र कुहिरो लागेको अवस्था छ। काठमाडौं उपत्यकाका कतिपय स्थानमा पनि हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौमा केहिदिन अघि गर्मि हुन थालेको महसुस हुन थालेको थियो । तर पछिल्लो समय बदली र हुूुस्सु लाग्दा चियो बढ्न थालेको महसुस भएको छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। पश्चिमी न्यूनचापीय प्रणाली केही सक्रिय हुँदा काठमाडौंमा पनि बदली हुने महाशाखाले जनाएको छ।
काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस थियो। दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ।

LEAVE A REPLY