काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत डीसीईओमा रेना रिजाल नियुक्त हुनु भएको छ ।।
यसअघि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीमा उप–महाप्रबन्धक डीजीएम रहनु भएकी उहाँले आगामी सोमबारदेखि यूनाइटेड अजोडमा कार्यभार सम्हाल्ने हनु भएको छ ।
तत्कालीन डीसीईओ नवीन सुवेदीले गत भदौ २८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
२०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु गरेकी उहाँ सँग कुमारी बैंकमा सहायक प्रवन्धक पदमा काम गरेको अनुभव समेत छ ।









