नेपाललाई जलवायु परिवर्तनबाट जोगाउने उपायहरुमध्ये एक उपाय पुर्न उत्पादक बागवानी पनि हो ः बातावरण मन्त्री

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाललाई जलवायु परिवर्तबाट जोगाउने धेरै उपाय मध्ये एक उपाय पुर्नउत्पादक बागवानी पनि उपाय भएको बताएका छन् तर विकासोन्मुख देशहरुका लागि भने प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन धेरैआवश्यक रहेको बताएका छन् ।
नेपालमा पुनरुत्थानशील बागवानी मूल्य श्रृंखला सम्बन्धि कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गरे ।
उनले भने,‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको कुरा हामी सबैलाई सर्वविदिततै छ । यसका लागि विश्वले जलवायु परिवर्तनको मुख्य कारकको रुपमा रहेको कार्बन उत्सर्जन घटाउनुको साथै हामी जस्ता विकासोन्मुख देशहरुको लागि प्रर्याप्त वित्तिय स्रोतहरु उपलब्ध गराउन अत्यन्तै आवश्यक भएको छ ।’
मन्त्री ठकुरीले जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेको पनि बताए ।
उनले भने,‘जलवायुमैत्री कृषी, नविकरणीय उर्जा र दिगो वन व्यवस्थापनमा लगानी बृद्धि गर्न विभिन्न कदम चालिरहेका छौं ।

LEAVE A REPLY