काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो सञ्चालक समितिमा आशिष ढकाललाई नियुक्त गरेको वनाकारी दिएको छ । सर्वसाधारण समूह तर्फबाट रिक्त रहेको सञ्चालक पदमा ढकालको नियुक्ति गरिएको कम्पनीको भनाई छ ।
कम्पनीको केन्द्रिय कार्यालय हात्तिसार, काठमाडौँमा बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। कम्पनी सचिव ईश्वर कुमार सेडाईले ढकालको नियुक्तिको जानकारी दिएका छन्।
यसअघि ढकालले विभिन्न संस्था र कम्पनीहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको नेतृत्व र अनुभवलाई हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत विकासमा उपयोगी मानेको देखिन्छ।