काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बैज्ञानिकको विदेश पलायन रोक्नु पर्ने वताउनुभएको छ ।
बैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफुले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नार्कमा धेरै वर्ष देखि नसुल्झेको जटिलताहरु सुल्झदै गएको र समस्या समाधान गर्ने ध्यान दिएको वताउनुभयो ।मन्त्री अधिकारीले बैज्ञानिक एस १ , एस २ को समस्या समाधान भएको र समकक्षताको समस्या समाधान गर्न पनि समिति गठन भैसकेको पनि उल्लेख गर्नुभयो ।









