काठमाण्डौ, आज पहाडी जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ७२ सीट क्षमता भएको ब्द्धएको जहाजले मौसममा सुधार आएपछि ३ सातापछि उडान भरेको छ ।
विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेदेखी तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो। विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौँ–तुम्लिङटार उडान भएको विमानस्थल कार्यालयले जनाएको छ।
तुम्लिङटारमा केही बर्ष यता बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भर्दै आएको छ। बाक्लो तुवाँलो हट्दै गएपछि उडान सञ्चालन गरिएको नागरिक उड्डयन कार्यालय तुम्लिङटारका प्रमुख नवराज दाहालले बताए।
उनका अनुसार विमानस्थल वरिपरि कम्तीमा ५ किलोमिटर भिजिबिलिटी भएपछि उडान अनुमति दिइएको हो।
तुवाँलो बढ्दा यसअघि विमानस्थलमा ५ सय मिटरमात्रै भिजिबिलिटी थियो। तुवाँलो केही हटे पनि पूर्णरुपमा मौसम भने खुलेको छैन।









