कृत्रिम गर्भाधान निसन्तानलाई बरदान?

—भोजकुमारी खड्का
निसन्तान दम्पत्तीहरुका लागि आइभिएफ९कृत्रिम गर्भाधान० बरदान सावित भएको छ । सन्तानको अभावमा भौतारिइरहेका कतिपय दम्पत्तिहरुले आइभिएफ विधिबाट सन्तान प्राप्त गरेका छन् । सन्तान नभएर धेरै अँध्यारो भए जस्तो ठानेर बसिरहेका उनीहरुलाई कृत्रिम गर्भाधान मार्फत सन्तान प्राप्त हुँदा मनमा उमंगता छाएको अनुभव गरेको देखिन्छ । कृत्रिम गर्भाधानबाट सन्तान उत्पादन गराउने ती वैज्ञानिकहरु आधुनिक युगका भगवान सरह नै हुन् । उनीहरुकै खोज अनुसन्धानले कृत्रिम विधिबाट पनि सन्तान प्राप्त हुँदो रहेछ भन्ने कुराको प्रमाण पुष्टि भैसकेको छ । यो विधिबाट सन्तान प्राप्त गर्नका लागि स्त्रीको डिम्ब र पुरुषको शुक्रकिट बेबी टेस्ट्युबमा राखिन्छ । टेस्ट्युबमा बच्चको विकास भए पछि त्यसलाई महिलाको पाठेघरमा प्रवेश गराइन्छ । पाठेघरमा शिशुको पूर्ण विकास भएपछि र अवधि पुगेपछि नर्मल रुपमै बच्च जन्माउन सकिने प्रसुति तथा स्त्रीरोग विशेषज्ञहरुले बताएका छन् । तर समाजमा कतिपय अवस्थामा यो सत्य स्वीकार्य भएको छैन ।
अमेरिकामा बस्दै आएका एक निसन्तान जोडीले नेपाल आएर आइभिएफ मार्फत कृत्रिम गर्भाधान गरी सामान्य अवस्थाको जस्तै गरेर सफल गर्भाधान गराएपछि भने आइभिएफ प्रविधि प्रति विश्वास जाग्न थालेको पाइएको छ । नेपालमा करिब २५ प्रतिशत विवाहित जोडीहरु सन्तान नजन्मदा भौतारिइरहेको अवस्थामा भएको एक अनुसन्धानले देखाइरहेको छ । पुक्षमा हुने बाँझोपन महिलामा पनि हुनेगर्छ । दुईमध्ये एक वा दुवैमा बाँझोपनका कारण सन्तान प्राप्तिबाट बञ्चित हुनुपरेको छ । विभिन्न कारणबाट बाँझोपन हुने गरेको छ । जस्तो वातावरणीय प्रदुषण, मनोवैज्ञानिक तनाव र जीवनशैलीमा हुने परिवर्तनहरु लगायतका कारण रहेका छन् । त्यस्तै पुरुषमा शुक्राणुको कमी, कमजोर शुक्राणु, गतिशिलता र हर्मोन सम्बन्धी असन्तुलन हुँदा बाँझोपन आउने गरेको स्वास्थ्य विज्ञले बताउने गरेका छन् ।
त्यस्तै महिलामा बाँझोपन आउने अन्य कारणमा डिम्बग्रन्थी विकारहरु फेलोपियन ट्युवमा अवरोध र पाठेघरमा समस्या लगायतका कारण रहेका छन् ।

LEAVE A REPLY